एक हप्तापछि आज सरकारी कार्यालय खुल्दै, शिक्षण संस्था पनि सञ्चालनमा

 कात्तिक १४, २०७९ सोमबार ७:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एक हप्ताको लगातार बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । अघिल्लो सोमवार अर्थात कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरु भएको सार्वजनिक बिदा हिजोसम्म कायम थियो ।

सोमवारदेखि शुक्रवारसम्म पाँच दिन तिहारको बिदा भयो । त्यसपछि अस्ति शनिवार र हिजो छठ पर्वको बिदा थियो । मधेस प्रदेशमा भने आज पनि छठको सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशबाहेकका अरु ठाउँमा भने आजदेखि सरकारी कार्यालय खुल्न लागेका हुन् ।

यस्तै दशैँदेखि बिदा भएका शिक्षण संस्था पनि आजदेखि खुलेका छन् । दशैँ तिहारको बीचमा केही शिक्षण संस्था खुले पनि धेरै खुलेका थिएनन् । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया