च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको ज्यान गएको छ ।
बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।
ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।