१ सय ६१ जनाले चढे मनास्लु

 कात्तिक १४, २०७९ सोमबार १८:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यो वर्षको शरद् ऋतु अर्थात् असोज, कात्तिक महिनामा एक सय सय ६१ जना आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् ।  ७७ जना विदेशी र ८४ जना नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका पर्यटन विभागले जनाएको छ । 

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसममा मनास्लु आरोहणका लागि चार सय चार जना विदेशीले अनुमति लिएकामा ७७ जनाले आरोहण गरेको जानकारी दिनुभयो । विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन् । उहाँले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताउनुभयो । 

अघिल्लो वर्षभन्दा यस पटक केही कम सङ्ख्यामा आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । यो पटक मनास्लु आरोहण सुरु हुनै लाग्दा मनास्लु आधार शिविर माथितिर हिमपहिरोको घटना भएको थियो । मनास्लु हिमालमा गएको असोज १० गते हिमपहिरो खस्दा एक जनाको ज्यान गएको थियो भने केही आरोही घाइते भएका थिए । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा रहेकाे मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो ।

तस्बिर : @callmeniraj ट्विटर ह्यान्डलबाट

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया