च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले दुई जना बालिकाको ज्यान जाने गरी कालीकोटमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ ।
आयोगले आज मङ्गलवार विज्ञप्ति निकालेर घटनाबारे स्थलगत अनुगमनका लागि टोली पठाएको जनाएको हो । कालीकोटको तिलागुफा नगरपालिका १० मा यही कात्तिक १२ गते भएको बम विस्फोटमा दुई जना बालिकाको ज्यान गएको थियो भने अन्य तीन जना बालबालिका घाइते भएका थिए । आयोगले यस्ता घटनालाई संवेदनशीलरूपमा लिइ स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
यस्तै पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न, आउँदा दिनमा यस्ता प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न सरकार र सम्बद्ध निकायलाई आग्रहसमेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।