च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डौ – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज मङ्गलवार सन्दीपको बयान भएको हो ।
नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा आज सन्दीपको बयान भएको हो ।
सन्दीपसँग बयान लिने काम सकिएकाले भोलि बुधवारदेखि थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताउनुभयो । सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको उहाँको भनाइ छ । उहाँले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सन्दीपले आफूप्रति जबरजस्ती करणीको अभियोग बदनियतका साथ कसैको उक्साहटमा लगाइएको हो भनेर बयान दिनुभएको छ र आफ्नो बयान पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनिएकी व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु हो, जन्मदर्ताका प्रमाण केही भेटिएका छन् ।’
पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको उहाँले बताउनुभयो । किशोरीको बयान शङ्कास्पद रहेकाले उसकाे जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने उहाँकाे भनाइ छ ।
सन्दीपमाथि गएको भदौ ५ मा काठमाण्डौको एक होटेलमा एक १७ वर्षीया बालिकालाई लगेर बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Apil Baral
Nov. 1, 2022, 8:40 p.m.गलत कदम चालेर सन्दीपलाई नै नफसावोस, गलत हो भने सजाय हुनुपर्छ , नत्र पल शाह जस्तै एउटा अदालतवाट सफाई र अर्कोवाट सजाय गरेको जस्तो निर्णय नआवस् /