भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रियो

भोलि र पर्सि काठमाण्डौसहित केही सहरमा प्रदूषण बढ्ने

 कात्तिक १६, २०७९ बुधबार १६:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : पाेखरेलकाे ट्विटरबाट

काठमाण्डाै – भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रिएको छ ।

हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो । यो प्रदूषणको असर काठमाण्डौलगायत देशका विभिन्न भागमा भोलि बिहीवार र पर्सि शुक्रवार देखिन सक्ने उहाँले बताउनुभयो ।

हिजो मङ्गलवारसम्म प्रदूषित हावा नेपाल आउने सम्भावना नदेखिएकोमा एकाएक हावाको दिशा मोडिएर आज बुधवार नेपालतर्फ प्रवेश गरेको हो ।

भारतको हरियाणा र पञ्जाबमा किसानहरूले धान काटेपछि खेतमा बाँकी रहने ठुटामा आगो लगाउने गरेका छन् । मेशिनले धान काट्दा परालको झन्डै डेढ फिटको ठुटा बाँकी रहने भएकोले त्यसलाई किसानले खेतमै जलाउने गरेका हुन् ।

पञ्जाब र हरियाणा दुवै राज्यमा खेतको परालमा आगो लगाएबापत जरिबाना तिर्नुपर्ने व्यवस्था भए पनि किसानले गहुँको बिउ छर्नका लागि खेत तयार गर्न छिटो गर्नुपर्ने भन्दै पराल जलाउने काम गरिरहेका छन् । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया