काठमाण्डाै महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने

 कात्तिक १६, २०७९ बुधबार १८:५८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यस निर्णयबारे औपचारिक जानकारी गराउनुभएको हो । 

आज बुधवार काठमाण्डाैमा आयोजित 'काठमाण्डाै महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल' कार्यक्रममा बोल्दै उपमेयर डंगाेलले एक हप्ताभित्र सबै वडामा महिला सञ्जाल गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिनुभयो । महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनुभएकी उहाँले त्याे सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘महिला सञ्जाल वडा–वडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौँ । न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । कुनै पनि द्वन्द्वको निरूपण गर्ने विधि भनेको मेलमिलाप नै हो । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरि न्याय निरूपण गरिन्छ ।’

काठमाण्डाै महानगरले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न त्याे केन्द्र पनि स्थापना गर्नुपरेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया