बसको झ्यालबाट टाउको निकालेका एक विद्यार्थीको रुखमा ठोक्किएर ज्यान गयो

 कात्तिक १७, २०७९ बिहीबार ८:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्कुलबाट घर फर्किने क्रममा काठमाण्डौमा दुर्घटनामा परेका एक विद्यार्थीको ज्यान गएको छ ।

हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दाहालको उपचारमा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bed prsad Giti

    Nov. 3, 2022, 10:48 a.m.

    बसहरुको झ्यलमा अनीबार्ये रेलीङ हुनुपर्छ यो निमनै बनाउनु पर्छ नत्र यस्ता दुर्घटना घटीरन्छन

  •  0 Reply

तपाईको प्रतिक्रिया