प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

 कात्तिक १७, २०७९ बिहिबार ८:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ ।

लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् । 

समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क नजोडेको सुदूरपश्चिम पुछारमा छ । त्यस्तै, समूह ‘बी’ मा दुई खेलमा ४ अङ्ककासाथ पुलिस क्लब शीर्ष र एक खेलमा २ अङ्क रहेको लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ । दुई खेलमा दुई अङ्क रहेको प्रदेश-१ तेस्रो र तीन खेलमा अङ्क जोड्न नसकेको बाग्मती पुछारमा छ ।

आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश–१ रहेका छन् । 

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया