सडक नबनेकाे भन्दै सर्लाहीकाे काैडेनावासीले उम्मेदवारलाई गाउँ पस्न दिएनन्

 कात्तिक १७, २०७९ बिहिबार १४:७:३३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयवासीले हुलाकी राजमार्ग निर्माणमा लापर्बाही गरेको भन्दै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा रोक लगाएका छन् । 

तराईको 'लाइफलाइन' मानिएको हुलाकी राजमार्ग निर्माणको काममा ठेकेदारले लापर्बाही गरेको र वर्षाैँ बितिसक्दासमेत सडक अलपत्र परेको भन्दै स्थानीयवासीले उम्मेदवारलाई गाउँ पस्न नदिइ राजमार्गमा टायर बालेर सडक बन्द गरेका छन् । उनीहरूले मङ्सिर ४ गते हुने चुनावका लागि भोट माग्न हिँडेका उम्मेदवार र उनीहरू चढेका गाडीलाई रोकेर राखेका छन् । स्थानीयवासीले हुलाकी राजमार्ग समयमै निर्माण नगरे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा समेत भाग नलिने चेतावनी दिएका छन् ।  

हुलाकी राजमार्ग निर्माणको काम समयमा नहुँदा वर्षाकाे बेलामा सडक हिलाम्मे भएर हिँड्न नसकिने र हिउँदमा सडकको धुलो उडेर घरमा बसिनसक्नुभएको कौडेना गाउँपालिका ३ का अध्यक्ष पचु चौधरीले गुनासो गर्नुभयो । हुलाकी राजमार्ग बनाउने भनेर राजनीतिक दल र तिनका नेताले पटक–पटक प्रतिबद्धता जनाए पनि सडक अलपत्र छाड्ने गरेका कारण अब विश्वास गर्न नसकिने  चौधरीको भनाइ छ । 

अलपत्र परेको हुलाकी राजमार्ग तत्कालै निर्माण गर्ने र दैनिक धुलो उड्न नदिन सडकमा पानी छर्ने प्रतिबद्धता जनाएमात्र अवरोध अटाउने स्थानीय मनोज पासवानले बताउनुभयो । हुलाकी राजमार्गको काम समयमा नसकिँदा तराई–मधेसका नागरिकले वर्षाैँदेखि हैरानी खेप्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया