च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
माेरङ – मोरङको विराटनगर उपमहानगरपालिका ४ मा रहेको रामजानकी शीत भण्डार (काेल्ड स्टाेर) मा ग्यास चुहिँदा एक जना कर्मचारीको ज्यान गएको छ । विराटनगर–५ को चाखालका ५४ वर्षका रिद्धी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शीत भण्डार चिसो पार्नका लागि एमोनिया ग्यास खुलाउन मर्मत गर्ने क्रममा अचानक ग्यास चुहिँदा चौधरीको निसास्सिएर ज्यान गएको जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताउनुभयो ।
चौधरीले तीन दिन अघिदेखि मात्रै शीत भण्डारमा काम गर्न थाल्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।