निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३३ रनले हराएको छ ।
पानी परेपछि डकवर्थ लुइस नियमका आधारमा १४ ओभरमा एक सय ४२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले नाै विकेट गुमाएर एक सय आठ रनमात्रै बनाउन सक्यो । पाकिस्तानका शाहिन अफ्रिदीले दुई र शदाब खानले दुई विकेट लिए ।
यसअघि सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नाै विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो । उसका लागि इफ्तिकर अहमदले ५१ र शदाब खानले ५२ रन बनाए । दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजेले चार विकेट लिए ।
जितसँगै समूह '२' मा पाकिस्तान चार खेलमा चार अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । पाँच अङ्क रहेको दक्षिण अफ्रिका दोस्रो स्थानमा यथावत् छ ।
पाकिस्तान सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । पाकिस्तानले आफ्नाे अन्तिम खेलमा आइतवार बङ्गलादेशसँग खेल्नेछ । त्याे खेलमा पाकिस्तान फराकिलो अन्तरले विजयी भएमा र भारत वा दक्षिण अफ्रिकामध्ये एक टोली पराजित भएमा ऊ सेमिफाइनल पुग्नेछ । भारत र दक्षिण अफ्रिका भने आआफ्नाे खेल जितेमा सेमिफाइनलमा पुग्नेछन् ।
समूह '२' मा भारत चार खेलमा छ अङ्कसहित शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित तालिकाको चौथो स्थानमा छ । जिम्बावे तीन अङ्कसहित चौथौ र नेदरल्यान्ड्स दुई अङ्कसहित छैटाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।