भूतपूर्व ब्रिटिस गोर्खा मुद्दामा लण्डनमा पहिलो चरणको त्रिपक्षीय वार्ता

 कात्तिक १८, २०७९ शुक्रबार ७:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूतपूर्व ब्रिटिस गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खाका प्रतिनिधिबीच त्रिपक्षीय पहिलो चरणको वार्ता भएको छ । लण्डनमा रहेको बेलायती रक्षा मन्त्रालयमा पहिलो चरणमा झण्डै एक घण्टा वार्ता भएको हो । यो वार्ता निक्कै सकारात्मक भएको नेपाली दूतावास लण्डनले जनाएको छ ।

प्रारम्भिक चरणको वार्ता भएकाले ठोस निर्णय भने भएको छैन । वार्तामा भूतपूर्व गोर्खाहरुका प्रमुख माग ब्रिटिस सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, क्षतिपूर्ति, सेवा सुविधाजस्ता विषयमा छलफल सुरु भएको छ ।

भूतपूर्व गोर्खाहरुको तर्फबाट छलफलमा सहभागी मेजर जुद्धबहादुर गुरुङले यी विषयलाई उठाउनुभएको थियो । वार्तामा नेपाल सरकारको नेतृत्व राजदूत ज्ञानचन्द्र आचार्यले गर्नुभएको थियो । बेलायतको तर्फबाट रक्षा तथा भेट्रान राज्यमन्त्री डा. एन्ड्रु मरिसनले उठेका मागबारे विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने बताउनुभयो । मन्त्रालयमा वार्ता भइरहँदा भूतपूर्व गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया