सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

 कात्तिक १८, २०७९ शुक्रबार १४:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ । काठमाण्डाै जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।  

दुवै पक्षको बहस सकिएसँगै अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभयो । हिजो प्रतिवादी लामिछानेको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए । 

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् भने प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

१६ वर्षदेखि १८ वर्षमुनिका किशोरीलाई बलात्कार गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mukesh Kumar malla

    Nov. 4, 2022, 3:31 p.m.

    नेपालको पुलिस,प्रशासन,कानुन,अधिवक्ता नी के देशका नागरिकका सेवक होलान् साला खाते घुस खोर,दलाल, राजनीतिक पार्टी का तत्तु भडुवाकाे फौज काे एउटा काइदा कानुन हुन्छ ? के देशको सान,मान काे अर्थ थाहा हुन्थ्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया