अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी

 कात्तिक १९, २०७९ शनिबार ७:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निर्वाचन आयोगले चुनावका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी थालेको छ ।

आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालले एक/दुई दिनमै अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जिल्लामा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीको विवरण अस्थायी मतदाताको रूपमा सङ्कलन गर्न लागिएको हो । आयोगकाअनुसार मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सेनालगायतका व्यक्तिलाई त्यही ठाउँमा मतदान गर्ने व्यवस्था हुनेछ ।

अस्थायी मतदाताको सूचीमा रहेकामध्ये १ लाख ४९ हजार १ सय ६४ जनाको नाम आयोगमा सूचीकृत भएको छ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले अस्थायी मतदान गर्न नपाइने व्यवस्था भएकाले अहिलेसम्म मतदाता नामावलीमा समावेश भएकामध्ये १ लाख ४४ हजार ६ सय २५ जनाको नाम पुष्टि भएको आयोगले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया