टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

 कात्तिक १९, २०७९ शनिबार १७:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो ।

श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले  ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो । उसका लागि एलेक्स हल्सले ४७ र बेन स्टोक्सले नटआउट ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा, वानिन्दु हसरंगा र धनञ्जय डि सिल्भाले २/२ विकेट लिए ।

आजको नतिजाले आयोजक अष्ट्रेलिया समेत प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्दै अष्ट्रेलिया बाहिरिएको हो । आज श्रीलंकाले इंग्ल्याण्डलाई हराएको भए वा अंक बाँडेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो ।

यो समूहबाट न्युजिल्याण्ड सेमिफाइलनमा पुगिसकेको छ । भोलि समूह २ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह २ मा भारत, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना छ । तर भारतको ६ अंक र दक्षिण अफ्रिकाको ५ अंक रहेकाले दुई वटा देशको सम्भावना बलियो छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया