टी–२० विश्व कपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हरायो : सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना कायमै

 कात्तिक २०, २०७९ आइतबार ९:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग १३ रनले पराजित भएको छ । अस्ट्रेलियाको एडिलेडमा नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनायो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिका पराजित भएसँगै सुपर-१२ समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।

सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा हारेपछि दक्षिण अफ्रिका सुपर १२ को समूह-२ बाट बाहिरिएको छ । यो समूहबाट भारत सेमिफाइनलमा पुग्यो । अब पाकिस्तान र बङ्लादेशबीचको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । 

आजको दोस्रो खेलमा बिहान पौने १० बजे पाकिस्तान र बङ्लादेशबीच खेल हुनेछ । यो खेल पनि एडिलेडमा हुनेछ । पाकिस्तानले बङ्लादेशलाई हराएको खण्डमा वा बराबरी भए पनि सेमिफाइनल पुग्नेछ ।

आजै भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा सुरु हुनेछ ।

सुपर-१२ को समूह-१ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ। 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया