टी-२० विश्व कप : बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

 कात्तिक २०, २०७९ आइतबार १३:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेकाे छ । एडिलेडमा भएकाे खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएकाे हाे ।

बङ्लादेशले दिएकाे १ सय २८ रनकाे लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायाे । उसका लागि माेहम्मद रिजवानले ३२ र माेहम्मद हरिसले ३१ रन बनाए । 

यसअघि टस जितेर ब्याटिङ गरेकाे बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायाे । उसका लागि नज्मुल हुसेन सान्ताेले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । यसअघि भारत सेमिफाइनलमा पुगिसकेकाे छ ।

अन्तिम अपडेट: जेठ २५, २०८०

तपाईको प्रतिक्रिया