बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने जिकिर गर्नुभएकाे छ ।
आज आइतवार नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निरीक्षण गर्न आइपुग्नुभएका एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्तालाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने जिकिर गर्नुभएकाे हाे । आफू प्रधानमन्त्री भएका बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उहाँकाे भनाइ थियाे ।
यो सुरुङ मार्ग अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा शिलान्यास गर्नुभएको थियो । झन्डै तीन किलोमिटर लम्बाइ रहेको यो सुरुङ मार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । अहिलेसम्म धादिङतर्फबाट साढे आठ सय मिटर सुरुङ खनिएको बताइएको छ ।
चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग पनि धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले यसकाे निर्माण एमालेबाहेक अरूले गर्न नसक्ने अध्यक्ष ओलीले दाबी गर्नुभयो । सडक निर्माणका कारण धादिङ अब दुर्गम नरहेको उहाँले बताउनुभयो ।
आफ्नाे स्वागतका लागि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धादिङमा एमालेले जित्ने दाबी गर्दै पार्टी छाडेर जानेहरूलाई एमालेमै फर्किन आग्रह पनि गर्नुभयाे ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।