हाम्रो नेपाली पार्टीको प्रतिबद्धता : स्वदेश फर्क अभियान चलाउने, आविष्कार केन्द्र स्थापना गर्ने

 कात्तिक २०, २०७९ आइतबार २०:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – 'लौरो अभियान' सञ्चालन गरिरहेको हाम्रो नेपाली पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

आज आइतवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी पार्टीले चुनावी घोषाणापत्र सार्वजनिक गरेको हो । पार्टीले राजनीतिक प्रणालीमा सबै वर्ग, जाति, भाषा, लिङ्ग, धर्म, सांस्कृतिक समुदायलाई राज्यको नीति निर्माणमा सहभागी गराउन तथा राजनीतिको मूल प्रवाहमा समावेश गर्न प्रगतिशील लोकतन्त्रको मान्यतालाई आत्मसात् गरेको बताएको छ । 

त्यस्तै नेपाली नागरिकलाई आफ्नो सरकार प्रमुख प्रत्यक्ष मतदानमार्फत चुन्न पाउने अधिकार सुनिश्चित गर्नु आफ्नो प्रमुख ध्येय भएको पार्टीले जनाएको छ । प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै लौरो अभियानका संयोजक सुमन सायमीले देशको परिस्थिति र नागरिकको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको बताउनुभयो । लौरो अभियानबाट देशभर दुई सय जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दल पनि डराइरहेको उहाँको दाबी थियो । 

कलाकार एवम् काठमाण्डौ क्षेत्र नम्बर ५ का लौरो अभियानको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार मधुसूदन पाठकले ‘नो नट अगेन’ बारे सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशले लौरो अभियन्ताहरू खुसी हुनुपर्ने बताउनुभयो । 

लौरो अभियानले विकासका लागि एक वर्ष, पाँच वर्ष, ५० वर्षको योजना बनार अघि बढ्ने, सात प्रदेशमा सात वटा चक्रपथ निर्माण गरी तराई, पहाड र हिमाललाई जोडेर आध्यात्मिक मार्ग बनाउने उल्लेख गरेको छ । यस्तै सांसदविहीन कार्यपालिका, निःशुल्क गुणस्तरीय शिक्षा, सामाजिक सुशासनसहितको उन्नतिशील राज्य, उत्पादनमूलक अर्थतन्त्र, वैज्ञानिक कर प्रणाली, स्वदेश फर्क अभियान, आविष्कार तथा अनुसन्धान केन्द्र स्थापनालगायतका प्रतिबद्धता अघि सारेको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया