प्रधानमन्त्री कप : बाग्मती र मधेस तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दै

 कात्तिक २१, २०७९ सोमबार ६:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज बाग्मती र मधेस प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दैछन् ।

बाग्मती र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा हुने छ भने सुदूरपश्चिम र कर्णालीको खेल मूलपानी मैदानमा हुनेछ ।

दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ । समूह 'ए' मा रहेको कर्णाली र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म खेलेको तीन खेलमा तीनैमा हार ब्यहोरेको सुदूरपश्चिम समूहको पुछारमा छ भने दुवै खेलमा दुवै हारेको कर्णाली पुछारभन्दा माथि छ ।

यस्तै, समूह 'बी' मा रहेको मधेस प्रदेश आज तेस्रो जितको खोजीमा हुनेछ । दुई खेलमा दुवै जितेको मधेस प्रदेश समूहको दोस्रो स्थानमा छ । बाग्मतीले अहिलेसम्म तीन खेल खेलेकोमा कुनै पनि जित्न सकेको छैन। 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया