मकवानपुरमा मतदान सामग्री केन्द्रसम्म पठाउने तयारी तीव्र

 कात्तिक २१, २०७९ सोमबार ११:३८:३१ | हरि हुमागाईं
unn.prixa.net

मकवापुर - मकवानपुरमा मतदान सामग्री केन्द्रसम्म पुर्याउने तयारी तीव्र रुपमा अगाडि बढेकाे छ । मकवानपुरकाे मुख्य निर्वाचन अधिकृत कार्यालयका कर्मचारी हिजाेआज निर्वाचन सामग्री मतदान केन्द्रसम्म पठाउने तयारीमा व्यस्त छन् । 

मकवानपुरको क्षेत्र नम्बर–१, २ र चार वटै प्रदेश सभाका निर्वाचन क्षेत्रमा पठाउने मतपत्र प्याक गर्ने, सिल गर्ने लगायतका काममा कर्मचारीहरु बिहानदेखि रातिसम्म व्यस्त हुने गरेका छन् । मतदानको दिनमा निर्वाचन क्षेत्रमा पठाउने सामग्री तयार गर्नमा कर्मचारी हिजो आज निकै व्यस्त रहने गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतका कार्यालयमा कर्मचारीहरु बिहानदेखि रातिसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र प्याक गर्ने, सिल गर्ने लगायतका काममा व्यस्त रहेका छन् । निर्वाचन कार्यालयमा भने मतदानको दिनमा चाहिने सामग्रीको तयारी गरिँदै छ । चुनावको तयारीका लागि कर्मचारीहरु निरन्तर खटिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताउनुभयाे ।

दुई दिनदेखि भने निर्वाचन आयोगबाट मकवानपुरका लागि छुट्टिएर आएको प्रत्यक्षतर्फको मतपत्र प्याक गरेर राख्ने काम भइरहेको छ । अबको केही दिनमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाउने भएकाले यसको लागि मतपत्र केन्द्र पिच्छे छुट्याएर राख्ने काम भइरहेको हो ।

मकवानपुरका दश वटै पालिकाका मतदान केन्द्रलाई चाहिने मतपत्र आइसकेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयाे । चुनावका लागि आवश्यक सामग्री प्याकिङ हुँदै गरेको उहाँले बताउनुभयाे । समानुपातिकको मतपत्र पहिले नै आएको र प्रत्यक्षतर्फको मतपत्र पनि हिजो हेटौँडामा आइपुगेको छ ।

चुनावका लागि आवश्यक पर्ने विभिन्न थरीका सामग्री पनि आइसकेर अहिले जिल्ला निर्वाचन कार्यालयमा प्याकिङको काम भइरहेको उहाँले बताउनुभयाे । चुनावका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र चुनावका लागि आवश्यक विभिन्न थरीका सामग्रीहरु कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिने निरौलाले बताउनुभयाे ।

चुनावमा सकेसम्म विभिन्न कार्यालयमा कार्यरत कर्मचारी खटाउने तयारी भएको उहाँले बताउनुभयो । सबै कर्मचारीको विवरण केही दिनमा प्राप्त भएपछि हरेक मतदान केन्द्रमा खटाउने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया