प्रधानमन्त्री कप : आज आर्मी र कर्णाली तथा पुलिस र मधेस प्रदेश खेल्दै

 कात्तिक २२, २०७९ मंगलबार ७:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ।

आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ ।

आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा छ । आज आर्मीले कर्णालीलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ तर हारेमा गण्डकी प्रदेश सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

पुलिस एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । आजको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । मधेस ३ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । मधेस पहिलो पटक सेमिफाइनलमा पुगेको हो । 
 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया