टी–२० विश्व कपकाे पहिलाे सेमिफाइनलमा भाेलि पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

 कात्तिक २२, २०७९ मंगलबार २०:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बुधवार पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अस्ट्रेलियाकाे सिड्नीमा सुरु हुनेछ । 

न्युजिल्यान्ड समूह '१' को समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने पाकिस्तान अरूको नजितामा भर पर्दै अनि अन्तिम खेलमा बङ्गलादेशलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ । 

टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । पाकिस्तानले यसअघि सन् २००९ मा टी–२० विश्व कपको उपाधि जितेको थियो । न्युजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

दोस्रो सेमिफाइनलमा पर्सि बिहीवार भारत र इङ्ग्ल्यान्डले खेल्नेछन् ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया