डाेटी भूकम्प : उद्धार तथा विवरण संकलनकाे काम चल्दै, ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 कात्तिक २३, २०७९ बुधबार १०:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलनको काम थालिएको छ । सुरक्षाकर्मीसँगै रेडक्रसकर्मी र स्थानीयबासिन्दा समेत उद्धारमा जुटेका छन् ।

गएरातिको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका छन् । ८ वटा घर पूर्णरुपमा भत्केका छन् । घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।     

यसैबीच डोटीमा भूकम्पमा परेर ज्यान गुमाएकाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार त्यस अघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया