न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कपकाे फाइनलमा

 कात्तिक २३, २०७९ बुधबार १७:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बुधवार सिड्नीमा भएकाे खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायाे । 

न्युजिल्यान्डले दिएकाे एक सय ५३ रनकाे लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायाे । पाकिस्तानका लागि माेहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र माेहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनायाे । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिए । 

टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । यी दुई टिमबीच अहिलेसम्म चार वटा सेमिफाइनल खेलमा भेट भएकाेमा चारै पटक पाकिस्तानले जितेकाे छ । 

पाकिस्तानकाे टिम सन् २००९ पछि पहिलाे पटक टी–२० विश्व कपकाे फाइनलमा पुगेकाे हाे । पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई आठ विकेटले हराउँदै दाेस्राे संस्करण (२००९) काे उपाधि जितेकाे थियाे ।

यसैबीच दाेस्राे सेमिफाइनलमा भाेलि बिहीवार भारत र इङ्ग्ल्यान्डबीच खेल्दै छन् । फाइनल खेल आउँदाे आइतवार पाैने २ बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया