सरकारले धानकाे समर्थन मूल्य तोक्यो, प्रतिक्विन्टल कम्तीमा २ सय १५ रुपैयाँ बढ्याे

 कात्तिक २३, २०७९ बुधबार १७:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो ।

यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नाै सय ६७ रुपैयाँ तोकेको छ । यो मूल्य पोहाेरको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो । यस्तै मध्यम धानको मूल्य पोहोरको तुलनामा दुई सय २६ रुपैयाँले धेरै अर्थात् प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको भाउ बढेसँगै सरकारले पनि धानको न्यूनतम समर्थन मूल्य बढाएको प्रवक्ता सन्जेलले बताउनुभयो ।

धानको मूल्य बढेपछि किसानले केही राहत महसुस गरेका छन् । सरकारले कृषि उपजको बिक्रीको सुनिश्चितताका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । तर किसानले भने समर्थन मूल्य तोकिए पनि सरकारी कम्पनीले कोटा पूरा भइसकेको भन्दै धान खरिद नगर्ने गरेको गुनासो गर्ने गरेका छन् । न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई सरकारले प्रतिक्विन्टल एक सय १२ रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Goovind raj rawat

    Nov. 9, 2022, 10:52 p.m.

    मूल्य टोकेर पनि धान खरिद गर्दैन किसानहरुलाई थागेको मात्रै हो

  •  0 Reply

तपाईको प्रतिक्रिया