कांग्रेसकाे केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा १० वर्षपछि प्रशंसकहरूले भारत र इङ्ल्यान्डको खेल हेर्न पाउने भएका छन् । अस्ट्रेलियाको एडिलेड ओभलमा खेल दिउँसो पौने दुई बजे सुरु हुँदैछ । यो टी–२० क्रिकेटमा शीर्ष वरीयताका दुई टोलीबीचको खेल हो ।
एडिलेड दर्शकबाट भरिभराउ हुनेछ । अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए । त्यो बेला भारतले सहज जित निकालेको थियो । भारत र इङ्ल्यान्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इङ्ल्यान्डले १० वटा खेल जितेका छन् । विश्व कपकै कुरा गर्दा यी दुई देशबीच ३ वटा खेल भएकोमा भारतले २ वटा र इङ्ल्यान्डले एउटा खेल जितेको छ । सन् २००७ र २०१२ को विश्व कपमा भारत र २००९ मा इङ्ल्यान्ड विजयी भएको थियो ।
भारत र इङ्ल्यान्डबीच भएका पछिल्ला पाँच वटा खेलमा भारतले तीन वटा खेल जितेको छ । अहिलेसम्म भारत र इङ्ल्यान्डले एक/एक पटक टी–२० विश्व कपको उपाधि जितेका छन् । भारतले सन् २००७ को विश्व कप र इङ्ल्यान्डले सन् २०१० को विश्व कप जितेका थिए ।
यस्तै सन् २०१४ को फाइनलमा भारत श्रीलङ्कासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इङ्ल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । अस्ट्रेलियामा चलिरहेको विश्व कप क्रिकेटमा भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
यस्तै इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो । आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । फाइनल खेल आउँदाे आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।