सेनाले फोटो प्रतियोगिता आयोजना गर्दै, पहिलाे हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार

 कात्तिक २४, २०७९ बिहीबार १६:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्बिरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले 'फोटो प्रतियोगिता–२०७९' सञ्चालन गर्न लागिएको जनाइएको छ । 

नेपाली सेनाले विगतमा आन्तरिकरूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकाेमा गएकाे वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो ।

यस प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्बिरहरू आउँदाे मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक बेबसाइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्बिरहरूलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ । 

त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले आज बिहीवार एक सूचना जारी गरी जनाएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया