१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्लादेश खेल्दै

 कात्तिक २५, २०७९ शुक्रबार ६:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्लादेश खेल्दैछन् । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्न लागेको हो ।

यो खेलको विजेताले उपाधि जित्नेछ । नेपालले यो खेलमा बराबरी गरे मात्रै पनि पुग्नेछ । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अङ्कका साथ शीर्ष स्थानमा छ । बङ्लादेश ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । यस अघि भएको खेलमा नेपालले बङ्लादेशलाई १–० गोलले हराएको थियो ।

यस्तै, नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा १–० गोलले हराएको थियो । त्यस्तै, बङ्लादेशले भुटानलाई ८–० र ९–० गोलले हराएको थियो । भुटान अङ्कविहीन हुँदै बाहिरिएको छ ।
 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया