स्याङ्जामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटियाे

 कात्तिक २५, २०७९ शुक्रबार १७:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्याङजामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटिएको छ । चण्डिप्रसाद पराजुलीको घरमा थुनिएको चितुवा घरभित्रै मृत भेटिएको हो ।

आज बिहान वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले आक्रमण गर्दा  वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको थियो । खेतमा काम गरिरहेको बेला न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेर तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरि  घाइते बनाएको थियाे । त्यसपछि बाहिरबाट स्थानीयले ढोका लगाइदिएपछि चितुवा घरभित्रै थुनिएको थियाे । पछि उद्धारको टोली आएपछि हेर्दा चितुवा मृत भेटिएको हो । घाइते तीनै जनाको उपचार भइरहेको  वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवरले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया