कांग्रेसकाे केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ ।
उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक फाइनलमा पुग्यो । अस्ति भएको पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको हो । आर्मी र एपीएफ तेश्रो पटक फाइनलमा खेल्न लागेका हुन् ।
सन् २०१८ को दोस्रो संस्करणको फाइनल एपीएफले ६ विकेटले जितेको थियो भने २०२१ को फाइनलमा आर्मीले ३३ रनले जित निकालेको थियो । प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।