प्रिमियर लिग : आज आठ वटा खेल हुँदै

 कात्तिक २६, २०७९ शनिबार ११:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ६ बजे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ ।

ब्रेन्टफोर्ड अङ्क तालिकामा ११ औँ स्थानमा छ । यस्तै, शीर्ष स्थानको आर्सनल र १९औँ स्थानमा रहेको उल्भ्स आज राति साढे १ बजे खेल्दैछन् ।

आज हुने अरु खेलमा लिभरपुल र साउथह्याम्पटन, एभर्टन र बर्नमाउथ, टोटेनह्याम र लिड्स, लेस्टर र वेस्ट ह्याम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट खेल्दैछन् । यी खेल राति पौने ९ बजे सुरु हुनेछन् । त्यस्तै चेल्सी र न्युक्यासलबीचको खेल राति सवा ११ बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: साउन २४, २०८०

तपाईको प्रतिक्रिया