टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दै

 कात्तिक २७, २०७९ आइतबार ६:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो ।

इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो । पछिल्लो समय पाकिस्तान र इङ्ल्यान्डबीच सात वटा अन्तर्राष्ट्रिय टी–२० खेल भएकोमा इङ्ल्यान्डले ४ र पाकिस्तानले ३ वटा जितेको छ । मेलबर्नमा आज वर्षाको सम्भावना छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया