प्रिमियर लिगमा आर्सनलले उल्भ्सलाई हरायाे

 कात्तिक २७, २०७९ आइतबार ६:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उल्भ्सलाई हराएको छ ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले उल्भ्सलाई २–० गोलले हराएकाे हाे । गएराति भएको खेलमा आर्सनलले खेलको ५४ र ७५औँ मिनेटमा गोल गर्यो ।

जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।

आर्सनलको १४ खेलमा ३७ अङ्क छ । समान खेलमा सिटीको ३२ अङ्क छ । म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग २–१ गोलले पराजित भयो । जितसँगै ब्रेन्टफोर्डको १५ खेलमा १९ अङ्क भएको छ । ब्रेन्टफोर्ड १०औँ स्थानमा छ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया