प्रिमियर लिगमा न्युक्यासलसँग चेल्सी १–० गोलले पराजित

 कात्तिक २७, २०७९ आइतबार ७:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई न्युक्यासलले हराएको छ ।

चेल्सी न्युक्यासलसँग १–० गोलले पराजित भएकाे हाे । जितसँगै न्युक्यासलको १५ खेलमा ३० अङ्क भएको छ । न्युक्यासल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

त्यस्तै, लिभरपुलले साउथ ह्याम्पटनलाई ३–१ गोलले हराएको छ । जितसँगै लिभरपुलको १४ खेलमा २२ अङ्क भएको छ । लिभरपुल छैटौँ स्थानमा छ । अर्को खेलमा टोटनह्याम लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो। १५ खेलमा २९ अङ्क रहेको टोटनह्याम अङ्क तालिकाको चौथो स्थानमा छ  ।

अरु खेलमा बर्नमाउथले एभर्टनलाई ३–०, नटिङ्घम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० तथा लेस्टर सिटीले वेस्टह्यामलाई २–० गोलले हराएको छ  ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया