प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई हरायाे, एस्टन भिल्लासँग ब्राइटन पराजित

 कात्तिक २८, २०७९ सोमबार ७:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले १४औँ र इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गरे ।

फुलह्यामका लागि ६१औँ मिनेटमा डानिल जेम्सले गोल गरे । जितसँगै युनाइटेड १४ खेलमा २४ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । फुलह्याम १९ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

ईपीएल अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गाेलले पराजित गरेको छ । भिल्लाका लागि दुवै गोल ड्यानी इन्ग्सले गरे ।  ब्राइटन २१ अङ्का साथ सातौँ स्थानमा झरेको छ भने भिल्ला १८ अङ्कमा १२औँ स्थानमा उक्लेको छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया