यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य

 कात्तिक २८, २०७९ सोमबार १२:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई दुई सय ६४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायाे । यूएईका लागि राेहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

आजको खेलमा नेपालबाट अर्जुन साउद र हरिशंकर शाहले डेब्यु गरेका छन् । रोहित पाैडेलकाे कप्तानीमा नेपालकाे याे पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएकाे शुक्रवार राेहितलाई कप्तान नियुक्त गरेकाे थियाे । 

नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल पर्सि बुधवार र तेस्राे तथा अन्तिम खेल आउँदाे शुक्रवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया