जुम्ला कांग्रेस उपसभापतिसहित ७ जनालाई कारबाही सिफारिस

 कात्तिक २९, २०७९ मंगलबार २०:३३:५४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जना नेता कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले आज मङ्गलवार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो ।

उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गाेविन्दबहादुर शाही, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आफ्ना उम्मेदवारविरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले कांग्रेसले उनीहरूलाई स्पष्टीकरणसमेत सोधेको थियो । स्पष्टीकरण साेधिएकाेमा रवि थापाले मात्र जवाफ दिनु भएकाे भए पनि चित्तबुझ्दाे नभएकाे कार्य समितिले जनाएकाे छ ।

जुम्लामा सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेस कर्णालीका सभापति ललितजंग शाही प्रदेश (क) मा उम्मेदवार हुनुहुन्छ । शाहीकै विरुद्धमा कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीकाे बागी उम्मेदवारी परेकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया