भक्तपुरमा आगलागी, एक जनाको ज्यान गयो

 कात्तिक ३०, २०७९ बुधबार ११:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलका ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरण केसीकाे इट्टा र काठले बनेको तीन तले घरमा बिहान आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण घरभित्र रहेकी आत्माराम केसीकी २५ वर्षकी छोरी अस्मिताको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो । यस्तै, आगलागीबाट घाइते भएकी हरिशरण केसीकी १४ वर्षकी छोरी नित्माको भने कोरियन अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे लागेको आगो प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा झण्डै ९ बजे निभ्याइएको थियो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया