मतदाता शिक्षामा खटाइएकाहरु गाउँ पसेनन्

 कात्तिक ३०, २०७९ बुधबार १३:०:२९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङका ग्रामीण भेगमा  मतदाता शिक्षामा खटाइएकाहरु गाउँतिर नगएकाे गुनासाे सुनिने गरेकाे छ । राजनितिक दलका प्रतिनिधिहरु मात्र गाउँ आएको तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँतिर नआएको मतदाताहरुले बताएका छन् । 

महिला स्वस्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गर्ने भने पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु आफूले समर्थन गरेको पार्टीको लागि मत माग्दै गाउँ हिडेको गाउँवासीको आरोप छ। उत्तरी धादिङको रुबी भ्याली, खनियाबास, नेत्रावती डबजोङ ज्वालामूखी गाउँपालिकाहरुमा महिला स्वास्थ्य स्वंमसेविकाहरु मतदाता शिक्षाको शिक्षाका लागि गाउँ नआएको र आफूहरुलाई राजनितिक दलहरुले मात्र आफ्नो चुनाव चिन्हमा भोट हाल्न आग्रह गरेको त्यहाँका स्थानीयले बताएका छन् ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का महिला स्वाथ्य स्वयंसेविकाहरु राजनितिक दलको कार्यक्रममा सहभागी भएर गाउँ आए पनि मतदाता शिक्षाका लागि नआएको स्थानीय राम गुरुङ बताउनुहुन्छ । आफ्नो गाउँमा मात्र नभइ अन्य छिमेकी गाउँहरुमा समेत अमुक राजनितिक पार्टीको झण्डा बोकेर मात्र महिला स्वाथ्य स्वयंसेविकाहरु आएको उहाँकाे भनाइ छ।

रेडियो, सामाजिक सञ्जाल, टेलिभिजनबाट गरिएको मतदाता शिक्षा खासगरि गाउँमा बस्ने र यसको पहुँच नपुगेका मतदाताहरु मतदाता शिक्षा अभावमा  अलमलमा परेका छन् भने पहिलो पटक मतदान गर्नेहरु समेत मतदानबारे बुझ्न सकेका छैनन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया