नेपालले यूएईलाई ३ विकेटले हरायाे, गुलशन र आरिफकाे उत्कृष्ट साझेदारी

 कात्तिक ३०, २०७९ बुधबार १६:९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएकाे छ । आज बुधवार भएकाे खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायाे । 

यूएईले दिएकाे एक सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायाे । नेपालका लागि गुलशन झा र आरिफ शेखले साताैँ विकेटका लागि ६२ रनकाे साझेदारी गरे । गुलशन झा ३७ रनमा आउट भए भने आरिफ ३३ रनमा नटआउट रहे । यस्तै कुशल भुर्तेलले ३५ रन बनाए । बलिङतर्फ यूएईका राेहन मुस्तफाले तीन र हजरत बिलालले दुई विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

याे जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा एक–एककाे बराबरी गरेकाे छ । यसअघि भएकाे पहिलाे खेलमा यूएई ८४ रनले विजयी भएकाे थियाे । तेस्राे तथा निर्णायक खेल आउँदाे शुक्रवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया