चुनावकाे तयारी पूरा, बुथ कब्जा गरेर जित्छु भनेर नसाेच्न थपलियाकाे चेतावनी

 मंसिर १, २०७९ बिहीबार १५:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै आज बिहीवार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने बताउनुभयो । उहाँले आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको पनि बताउनुभयो ।

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टाअघिको समयलाई मौन अवधि अर्थात् स्थिर समय भनेर तोकेको छ । स्थिर समयमा नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिबाना हुने थपलियाले बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था प्रदान गर्ने गरी दुई दिनभित्र केन्द्र निर्माण गरिने समेत बताउनुभयो । यो पटकको चुनावमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने भन्दै बुथ कब्जा गरेर चुनाव जित्छु भन्ने नसोच्न प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनीसमेत दिनुभएको छ । 

थपलियाले चुनावमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । थपलियाले समानुपातिकबाहेक प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाको उम्मेदवारी परेको बताउनुभयो । चुनावका लागि आठ करोड मतपत्र छापिएको उहाँले जानकारी दिनुभयो । उहाँले सात हजार दुई सय १९ जनाले चुनावको पर्यवेक्षण गर्ने भन्दै १८ कुटनीतिक नियोगले अनुगमन गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया