जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन जना घाइते

 मंसिर १, २०७९ बिहिबार १६:४३:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाकाे तिला गाउँपालिका ४ मा पर्ने रावतवाडामा ताम्ती मतदान केन्द्रतिर जाँदै गरेकाे भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीका अनुसार ताम्ती मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन टोली चढेको जीप दुर्घटना भएको हो । प्रजिअ केशरीका अनुसार चुनावमा खटिनुभएका कार्यालय सहयाेगी अंगराज गिरी गम्भीर घाइते हुनुभएकाे छ । यसका साथै सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने र एक जना प्रहरी सामान्य घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा परि घाइते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर लिइँदै छ । उहाँका अनुसार गाडीमा रहेकाे चुनाव सामग्री सुरक्षित गरिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया