कांग्रेसकाे केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – नेपाल वायु सेवा निगमले विमानको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई भोलि शनिवारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले आज शुक्रवार निगमलाई निर्देशन दिएको हो ।
निगमको हिजो बिहीवारको दुई वटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण विमानस्थलमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर विमानस्थल पुगेका यात्रुलाई विमानमा सिट नभएको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए ।
‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९ को काठमाण्डौदेखि दोहा र उडान नम्बर आरए २२९ को काठमाण्डौ–दुबई जाने हवाईजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ’, प्राधिकरणले निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।
अबदेखि यस किसिमको कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।