कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन
असोज ८, २०८० सोमबार
सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिनुभएको हो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ ।
सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।