आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

 मंसिर ३, २०७९ शनिबार ९:३५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग बाहिर रहेको विभिन्न सरकारी तथ्याङ्कले देखाउँछ । सरकारले खुला दिसामुक्त देश घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि व्यवस्थित शौचालय प्रयोगमा सुधार नआएको नागरिककाे गुनासाे छ ।

गएको वर्षको सरकारी तथ्याङ्क अनुसार अझै पनि ५ प्रतिशत मानिस शौचालयको प्रयोगबाट बाहिर रहेको पाइएको छ । उनीहरुलाई सरसफाइको पहुँचमा ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।

सुरक्षित शौचालयको अभावमा हुने फोहरका कारण हैजा तथा झाडापखाला लागेर धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् । यसतर्फ सबैको चासो हुनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । गएको वैशाखमा मात्रै पनि नेपालमा हैजाले महामारीकै रुप लिएको थियो ।

शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा हैजा, झाडापखाला जस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ । शौचालयको प्रयोगपछि साबुन पानीले हात धुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया