महोत्तरीकाे गौशालामा नमुना मतपत्रसहित दुई जना पक्राउ

 मंसिर ३, २०७९ शनिबार १८:४०:५१ | सुनिता महताे
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशालामा नमुना मतपत्र लगायतका निर्वाचन सामग्रीसहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१ का ७४ वर्षीय भवानी बहादुर थापा र बर्दिवास नगरपालिका-५ का ३९ वर्षीय पदम पौडेल रहेका छन् । 

 १ सय ९४ थान नमुना मतपत्रलगायत निर्वाचन सामग्रीसहित हिँडिरहेको अवस्थामा प्रहरी निरीक्षक विशाल सिंहको टोलीले उनीहरुलाई गौशाला नगरपालिका-१० वटौवाबाट पक्राउ गरेकाे हाे ।

बाग्मती प्रदेश-३-०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र मतपत्र लिएर जाँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  

उनीहरुमाथि थप अनुसन्धानको भइरहेकाे महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया