फोटोमा हेर्नुहोस् मकवानपुरको  उत्साहजनक मतदान

 मंसिर ४, २०७९ आइतबार ९:२०:५१ | हरि हुमागाईं
unn.prixa.net

हेटौंडा – मकवानपुरका मतदान केन्द्रहरूमा निकै उत्साहजनक रूपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मकवानपुरका सबै मतदान केन्द्रहरूमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको हो । मकवानपुर जिल्लाका १० वटै पालिका धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ ।

विशेष गरी हेटौंडाका विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै चिसो भएकाले थोरै मतदाता भए पनि अहिले भने मतदान केन्द्रहरूमा मतदाताहरूको चाप बढेको छ । मकवानपुरका ३ लाख ७ सय ३३ जना मतदाताले आज मतदान गर्दै छन् ।

मकवानपुरका सबै जसो मतदान स्थलमा बिहानैदेखि चहलपहल भइरहेको छ । मतदाताहरू मतदान गर्नका लागि लाइनमा बस्न थालेका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् भने ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् । 

मकवानपुर क्षेत्र नम्बर–२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् भने १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् ।

यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् ।  १ जना स्वतन्त्र उम्मेदवारको पनि उम्मेदवारी रहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया