जुम्ला कारागारमा मतदान हुन सकेन

 मंसिर ४, २०७९ आइतबार १०:२९:३२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्ला कारागारमा मतदान सुरु हुन सकेको छैन । कारागारका कैदीबन्दी सबैले मतदान गर्न पाउनु पर्छ भन्ने माग गरेपछि मतदान सुरु नभएको हो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार त्यहाँ १ सय ८ जना कैदीमा जम्मा  १४ जना मात्र मतदाता छन् । तर सबैजनाले मतदान गर्न पाउनुपर्ने माग गरेकाले  मतदान सुरू हुन ढिला भएको छ । 

मतदाता नामावलीमा नाम भएकाले आयोगको निर्धारित समयमै  मतदान गर्न पाउने व्यवस्था छ । तर विवादका कारण मतदान सुरु हुनसकेकाे छैन ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार त्यहाँ अस्थायी मतदान केन्द्र छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया